मंसिर ९, २०७९ शुक्रबार

स्याङ्जा १ (२) बाट नेकपा एमालेका सुधीरकुमार पौडेल कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले पराजित गरेर विजयी भएका छन् । सुधीर यसअघि आँधिखोला गाउँपालिकाका अध्यक्ष थिए । सुधीरले १७ हजार ४ सय ४१ मत ल्याए भने कांग्रेसका बुद्धिले १७ हजार ४३५ मत पाए । 


यस्तै राप्रपाकी शान्तिकुमारी हमालले १ हजार ५७४ मत पाएकी हुन्। स्याङ्जा १ ९१० बाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छिन् ।  स्याङ्जा २ को मतगणना भने सुरु हुन सकेको छैन ।