मंसिर ९, २०७९ शुक्रबार

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कार्कीले १० हजार ४ सय ५० मत हासिल गर्दै जित निश्चित गरेका हुन्। नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेतलाई १ हजार १ सय ७७ मतान्तरले पराजित कार्कीले दोस्रो पटक प्रदेश सभाको सिट सुरक्षित गरेका हुन्।

एमालेका उम्मेदवार बस्नेतले ९ हजार २ सय ७३ मत पाएका थिए।

त्यसैगरि, राप्रपाका राजेश मास्केले ३ हजार ८ सय ३७ मत हात पार्दा स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीले २ हजार १ सय १४ मत पाए। निर्वाचित कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हुन्।