मंसिर १०, २०७९ शनिबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री रेखा थापाले तेस्रोमा चित्त बुझाउनुपरेको छ । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुनिल शर्मा विजयी भएका छन् । त्यहाँ नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल पराजित भएका छन् ।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।