काठमाडौं । नेपाली चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोका, बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।