लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औं वार्षिकोत्सवका अवसरमा बुधबार लुम्बिनीमा समारोहबीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको छ ।
विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एकमात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृतिसहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ ।
रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताए । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरणसहितको शिक्षा प्रवद्र्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उनले बताए । यी आधरभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको बज्राचार्यले बताए ।