काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले अग्रता कायम राख्नुभएको छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार कार्कीले ३ हजार २२४ मत पाउनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले एक हजार ४७० मत ल्याउनुभएको छ ।
उहाँहरूबीचको मतान्तर एक हजार ७५४ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार मतदान भएको थियो । माओवादी केन्द्र दोलखाका संस्थापकमध्येका नेता कार्कीलाई गठबन्धनले अघि सारेको हो ।