मंसिर १६, २०७९ शुक्रबार

नेपाली कांग्रेसका तर्फबाट बागमति प्रदेश सदस्यमा सबै नयाँ अनुहार आउने भएका छन् ।

यसअघि समानुपातिकबाट सांसद भएकाको नामसमेत बन्दसूचीमा समावेश नगरेका कारण प्रदेशमा समानुपातिक पद्धतिबाट छानिने कांग्रेसका सबै सदस्य नयाँ हुने भएका छन् ।

कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गरेका छन् ।

यसअघि आलो–पालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उनी मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए । जसका कारण यसपटक उनलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।