बैशाख १३, २०७८ सोमबार

चाैतारा :  सिन्धुपाल्चोक जिल्लाका सबै विद्यालय बैैैैशाख मसान्तबाट मात्रै बन्द गरिने भएको छ । आज सदरमुकाममा बसेकाे काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले विद्यालयहरुकाे अन्तिम परीक्षा सकेर विद्यालय बन्द गर्ने निर्णय गरेको हाे। सरकारले सम्पूर्ण परीक्षा स्थगित गर्ने र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि जिल्लामा भने परीक्षा कायमै राख्ने निर्णय गरेको छ । काेराेना भाईरस संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको थियाे । आज सभामुख अग्नि सापकोटाकाे समेत उपस्थितिमा भएको बैठकमा सरकारकाे निर्णय नमान्दै समितिले यस्तो निर्णय गरेको छ ।