बाजुरा । बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान रोक लगाइएको छ ।
बाजुरामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतगणना अहिले पनि जारी रहेको छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले भने जारी मतगणनाको बारेमा जानकारी दिन नमानेपछि पत्रकारलाई सूचना लिन कठिन भएको हो । आज (शुक्रबार) बिहानबाट बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान रोक लगाइएको हो ।
पत्रकारले सत्य, तथ्य र निष्पक्ष रूपमा सूचना संकल गर्नका लागि मतगणना स्थलमा जान पाउने अधिकार भएतापनि मुख्य निर्वाचन अधिकृतको कायालयले भने कुनै पनि पत्रकारलाई मतगणना स्थलमा प्रवेश गर्न दिएकोे छैन ।
जसले गर्दा पत्रकारले सूचना संकलन गर्न र मतगणना स्थलको प्रत्यक्ष रूपमा रिपोर्टिङ गर्न भने पाएका छैनन् ।