मंसिर १७, २०७९ शनिबार

गोरखामा पृथ्वी नारायण शाह कालीन परेड खेलाइने भएको छ । राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते जिल्लामा पृथ्वीनारायण शाहकालीन फौज तयार गरेर सोही फौजको परेड आरम्भ गरिने गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए । सोही दिनदेखि हरेक दिन परेड सञ्चालन हुनेछ ।


पर्यटकलाई आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको रानाले बताए ।