काठमाडौं । आमा बनिसकेपछि श्वेता खड्काको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ । श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् ।
काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन् । ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्नेछन् ।
यति मात्र होइन, किसानले आफ्ना उत्पादनलाई सिधै वेबसाइटमा पनि पोस्ट गर्न सक्ने भएका छन् । श्वेताले हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी छन् ।