मंसिर १९, २०७९ सोमबार

आमा, दिदिबहिनी, भाउजू ,सासू ,बुहारी, छोरी, सानिमा, ठूलीआमा ,हजुर आमा ।

अनेक अनेक अवतारमा प्रकट हुन्छिन् सृष्टि दाता माता हजारौं स्वर्गकी पर्याय आमा ।।

 

तिनै आमाले जन्माएका सन्तानहरु विभेद्को सिकार हुँदा सहन गर्न विवश आमा 

तिनै आमाका असंख्य पदमा पितृसत्ताको निर्मम दमन सहन्छिन् आमा ।।

 

यसरी  एक्काइसौं शताब्दीका वस्तीहरु बनेका छन्  नेपाल आमा 

तिम्रो छोरी भ्रुणमा आउदा अस्पतालको बिनमा फालिन्छ नेपाल आमा ।।

 

तर अलाप्छन् तिनै भ्रुण हत्याराहरु भाषण तिम्रो हितको हे! नेपाल आमा 

कयन छोरीहरु  झाडीमा मृत हुँदा पितृसत्ता मोटाउँछ नेपाल आमा ।।

 

आज बिभेदको खोलाहरु सुसाउदै बहेका छन् है नेपाल आमा 

अपराधका छाँगाहरु रातम्मे बग्दा छोरीको लास खसेको देखिन्छ नेपाल आमा ।।

 

धर्तीकि पर्याय नेपाल आमा निर्मम पुत्रको दमन सहन्छिन् 

यसैले बेलाबेला यसरी उफ्रन्छिन् धर्ती संसारै तर्साइदिन्छिन् ।।।।

 

               - लक्ष्मण चौलागाईं विद्रोही