बैशाख १५, २०७८ बुधबार

चाैतारा : सिन्धुपाल्चोक जिल्लाका सबै विद्यालय आजैबाट बन्द हुने भएको छ । बुधबार जिल्ला सदरमुकाम चाैतारामा बसेकाे काेभिड १९ संकट व्यवस्थापन समितिकाे बैठकले आजैबाट जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हाे । यसअघि समितिले वार्षिक परीक्षा सञ्चालन गरेर वैशाख मसान्तबाट माात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको थियाे । तर बढ्दो कोरोना महामारीलाई मध्य नजर   गर्दै बन्द गर्न निर्णय गरेको हो ।