मंसिर २३, २०७९ शुक्रबार

लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले  दरखास्त आह्वान गरेको हो । 

प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको हो । 

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।