मंसिर २३, २०७९ शुक्रबार

पोखरास्थित फेवाताल किनार लेकसाइडमा २४ औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । महोत्सवमा करिब चार लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल सङ्घ पोखराले होटलका कोठामा २० प्रतिशत छुट दिने भएको छ ।

यसैगरी नेपाल पर्यटन बोर्डको सहयोगमा देशका सातवटै प्रदेशमा महोत्सको प्रचारप्रसार गरिनेछ । महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।