मंसिर २३, २०७९ शुक्रबार

फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न चलचित्र विकास बोर्डले रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो । 

बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइटमार्फत शो समय समेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।