मंसिर २४, २०७९ शनिबार

 

थाहा छैन!
जिन्दगीको उधारिको धागोले सिएको सम्बन्ध
भोलि कस्तो हुनेछ,
जस्तो हुनेछ जिन्दगी व्यस्त हुनेछ!
आफ्नै दु:खको धुनमा गित गाउँदै
जिन्दगीले नचाउनेछ
र त्यही धुनमा भोलि म पनि नाच्नेछु,
र त्यही धुनमा भोलि म पनि रमाउनेछु।
बल्ल बल्ल अब बुझ्दैछु जिन्दगी
जब चोट लाग्दैछन्।

निन्द्राबाट!
अब सपनाहरु भाग्दै छन्!
मलाई हेरि हास्दै छन्,
मानौ कि ती जसरी दु:खका हिमालै पग्लिएर 
आएका पानी मेरै आँखामा बसेका छन्,
बल्ल बल्ल अब बुझ्दैछु जिन्दगी
जब चोट लाग्दैछन्।

     #लोकजोशी