काठमाडौँ । पदम विश्वकर्माले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दावी गर्दै उमेदवारी दिएका छन् । विश्वकर्माले च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थाको उन्नयन, विकास र विस्तारमा सफल भूमिका निर्वाह गर्दै आएका छन् ।
विश्वकर्माले संस्थाको संस्थागत विकास, च्याप्टरहरुसंगको सहकार्य, आजीवन तथा च्याप्टरहरु विस्तार, ट्रष्टीहरुको सदस्यतामा व्यापक बृद्धि, अनेसासको इतिहास, रजतजयन्ती प्रकाशन, अन्तरदृष्टि लगायत विविध प्रकाशनहरुमा योगदान, कार्यक्रमहरुमा सहभागिता, अनेसासलाई विश्वव्यापी बनाउन पहल गर्नुका साथै, थुप्रै अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय कार्यक्रमहरुको आयोजना, च्याप्टर, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीबीचको सुमधुर सम्बन्ध कायम राख्न विशेष पहल, संस्थाको विधान संशोधन, कार्यप्रणाली निर्देशिका तयार, भवन समितिमा सदस्यसचिवको रुपमा कार्य गर्दै संस्थाको आफ्नै केन्द्रीय कार्यालय खरिदमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।