काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोन दम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन् । टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ ।
आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । सलोनलाई राजा र करिश्मालाई रानीको रूपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडिओमा उनीहरूको विवाहलाई उतारिएको छ ।