काठमाडौँ: प्रदेश लोकसेवा आयोग विराटनगरले स्वास्थ्य सेवा तर्फको चौथो र पाँचा तहमा स्थायी पदपूर्तिका लागि गत ५ मंसिरमा प्रकाशित गरेको माग संख्या थप गरेको छ।
आयोगले आज सूचना प्रकाशित गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी तथा ल्याव असिस्टेन्ट गरी कुल १२४ जना थप गरेको हो।
यसअघि आयोगले ४८३ जनाका लागि दरखास्त आव्हान गरेको थियो। त्यसमा आजको समेत गरी अब कुल ६०७ जनाका लागि स्थायी हुने अवसर बनेको छ।