मंसिर २७, २०७९ मंगलबार

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। प्राविधिक १८२ र अप्राविधिकतर्फ ५४ गरी आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ।

योग्यता पुगेका नेपाली उमेदवारले पुस १८ गतेसम्म आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।