मंसिर २७, २०७९ मंगलबार

टिकटक कहिलेकाही कलाक्षेत्रलाई लज्जित बनाउने माध्यम समेत बनेको छ । जसको जल्दो बल्दो उदाहरण अभिनेत्री सुस्मा कार्कीको पछिल्लो टिकटक लाईभलाई लिन सकिन्छ । 

हालै उनले टिकटक लाइभको क्रममा अश्लील शब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अश्लील गाली गरेकी हुन् । जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् ।


कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, सुस्माको पछिल्लो गालीले भने उनले जिम्मेवारी र उत्तरदायित्व भुलेको आभास हुन्छ ।

हुन त सुष्मा विवादमा धेरै छाउने अभिनेत्री हुन् । उनी आफैं चर्चा र विवादमा आउन विभिन्न हत्कण्डा अपनाउँछिन् । पछिल्लो केही बर्षयता उनी फुर्सदिलो छिन् । हातमा फिल्म छैन । त्यसैले आजकाल उनको दैनिकी टिकटक लाइभमै बसेर बित्ने गरेको छ । सेलिब्रेटी भएको फाइदा उठाउँदै टिकटक लाइभ माफर्त डलर समेत कमाउने गरेकी छन् । टिकटक लाईभका कलाकारले के बोल्ने के नबोल्ने उनले ख्याल गरेको भने देखिन्न ।