मंसिर २८, २०७९ बुधबार

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले सेवा अवधि सकिनु भन्दा ९ महिना अघिनै पदबाट राजीनामा दिनु भएको छ ।

उमेर हदले अवकाश पाउन ९ महिना बाँकी छँदै घिमिरेले मंगलबार संसद सचिवायलयका महासचिव भरतराज गौतम समक्ष राजीनामा पत्र दिनु भएको थियो ।

सो राजीनामा पत्र बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको हो । आफूले घरायसी कामका कारणले राजीनामा दिएको घिमिरेको भनाई छ ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।