पुस ४, २०७९ सोमबार

काठमाडौं: हेम-सरिता पाठक फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद(रमादेवी पाठक पत्रकारिता पुरस्का’बाट सम्मानित गर्ने भएको छ। 

फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित गर्ने भएको छ। 

त्यस्तै,एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’बाट सम्मानित हुँदै छन्।  उनीहरुलाई आगामी पुस ११ गते प्रज्ञा भवनमा पुरस्कार प्रदान गरिने छ। 

हेम(सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरू यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस,अमेरिका)ले स्थापना गरेका हुन्। यी पुरस्कारहरू चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन्।