पुस ९, २०७९ शनिबार

काठमाण्डौ: द भ्वाइस अफ नेपालु चौथो सिजनको उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् । 

टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् । 

करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाको सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।

द भ्वाइस अफ नेपालु को चौथो सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए।