फागुन ११, २०७७ मंगलबार


काठमान्डौ
हेटौडामा दुई सुमो ठोक्किदा ११ जना घाइते भएका छन् । 

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा प्रदेश–३ –०३–००१ ज ००२९ र  ना १ ज २४६० नम्बरका सुमो ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । ठोक्किएका दुई सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।