पुस १४, २०७९ बिहिबार

खोटाङ । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक तथा चलचित्र निर्माता सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयका विद्यार्थीहरूलाई साथै वृद्धवृद्धा लाई जाडो छेकने २५० थान जयाकेट सामग्रीहरू प्रदान गर्नुभएको छ । अनुग्रह फाउण्डेशनमार्फत जाडोको कपडा वितरण गरिएको हो ।

‘हामीले अनुग्रह फाउण्डेशनमार्फत प्रत्येक बर्ष समाज कल्याणका बिभिन्न कृयाकलापहरू गर्दैआइरहेको छौ यो जाडोमा पनि न्यानो कपडा प्रदान गरेका हौं’, राईले भन्नुभयो, ‘आफू जन्मेको गाऊँ, ठाऊ, विद्यालय जहाँ रहे पनि बिर्सन नसकिदो रहेछ । कहिले काही भावुक हुनेगर्छुु ।’

उहाँले अनुग्रह फाउण्डेशनमार्फत स्कूल का नानीहरूलाई न्यानो कपडा तथा उपहार वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै यस प्रकारको सहयोगलाई भविष्यमा निरन्तर लैजाने र उक्त क्षेत्रको शिक्षा क्षेत्रमा सानो टेवा पु¥याउने सदिच्छा राखेको बताउनुभयो ।