पुस १७, २०७९ आइतबार

चुनावमा पराजित भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोड्नुभएको छ ।

आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिका पलायन भएसँगै बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ ।

बोल्सोनारोले आफ्नो चुनावी हार स्वीकार गर्नुभएको छैन । राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा विजयी हुनुभएको छ ।