काठमाडौं: नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले नेपाली राजनीतिमा महाभूकम्प गएको टिप्पणी गरेका छन्।
आजको राष्ट्रिय सभाको बैठकमा उनले अहिलेको पछिल्लो राजनीतिक घटनाक्रमलाई महाभारतको युद्धसँग तुलना गर्दै अर्जुनको भूमिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य योजनाकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कृष्णको भूमिकामा रहेको दाबी गरे।
निर्वाचनमा एमाले र कांग्रेसबीचको भिडन्त मात्रै भएको भन्दै उनले गठबन्धन गरेर चुनाव लड्ने र गठबन्धनकै सरकार बनाउने भए एउटै पार्टी बनाउन सुझाव दिए।