माघ ११, २०७९ बुधबार

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार १० जनवरीमा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेका थिए ।

विष खाएपछि उनलाई तुरुन्तै हैदरावादको उस्मानिया अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको २३ जनवरीमा उपचार क्रममा मृत्यु भएको छ ।

अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमा सुधीरको तस्बिर शेयर गर्दै सो कुराको जानकारी दिएका हुन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार राम्रो भूमिका र काम नपाएका कारण सुधीर लामो समयदेखि डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्या गरेको बताइएको छ ।

तर, यसको आधिकारिक कारण भने खुल्न सकेको छैन ।