२२ माघ काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्ससँग ३-० गोलको हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा उल्भ्सको जितमा क्रेग डसन र रुबेन नाभासले एक(एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको पाँचौं मिनेटमा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि उल्भ्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको १२औं मिनेटमा डसन र ७१ औं मिनेटमा नाभासले गोल गरेका थिए । यस जितसँगै उल्भ्स २१ खेलमा २० अंक जोडेर १५ औं स्थानमा रहेको छ । लिभरपुल २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।