२७ माघ काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चारवर्षे खाद्य प्रविधि (स्नातक तह) वीटेक चौथो वर्षको नियमित तथा आंशिक परीक्षा स्थगित गरेको छ।
पनिकाले त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको माघ २६ गते निर्णयअनुसार परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको हो।
त्रिविले यसअघि आगामी फागुन १० गतेदेखि २०७९ सालको सञ्चालन हुने विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत खाद्य प्रविधि (स्नातक तह) वीटेक चौथो वर्षको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो।
अर्को सूचना प्रकाशन नभएसम्मको लागि परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।