फागुन ७, २०७९ आइतबार

७ फागुन काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १(० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनको जितमा जेम्स वार्ड प्राउसले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै पुछारमा रहेको साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा उक्लिएको छ भने चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा झरेको छ ।