फागुन ९, २०७९ मंगलबार

९ फागुन काठमाडौँ।  आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

मंगलबार बिहान टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाल मंगलबारको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।

शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।