च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलले हार ब्यहोरेको छ।
मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ५–२ गोलले पराजित भएको हो। लिभरपुलले पहिलो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा ५ गोल खाएको हो।
रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले दुई–दुई गोल गरे भने एडर मिलिसाओले एक गोल गरे। लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे। खेलमा २ गोलको अग्रता उल्ट्याएर रियलले जित निकालेको थियो।
खेलको चौंथो मिनेटमा नुनेज र १४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २ गोलको अग्रताले अघि बढाएका थिए। तर, भिनिसियसले २१ औं र ३६ औं मिनेटमा गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए।
दोस्रो हाफमा रियलले ३ गोल गर्यो । ४७ औं मिनेटमा मिलिसाओ र ५५ औं तथा ६७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ५–२ को जित दिलाए । अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ।