फागुन १५, २०७९ सोमबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध बलिङ गर्दैछ ।

कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालका युवा फास्ट बलर प्रतिश जिसीले ओडीआईमा डेब्यु गरेका छन् ।

उनले यसअघि घरेलु क्रिकेटमा बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने गरेका थिए । त्यस्तै नेपाल टी–२० लिगमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

आरिफ शेखले मध्यक्रमको ब्याटर सन्दीप जोरालाई प्रतिस्थापन गरेका छन् । त्यस्तै, ललितनारायण राजवंशीको स्थानका गुल्सन झाले पनि टिममा मौका पाएका हुन् ।

नेपाली टिममा स्पीनर छैनन् । चार फास्ट बलर छन् । अलराउण्डर दीपेन्द्र र कुशल मल्लले स्पीन बलिङ गर्नेछन् ।

यो शृङ्खलामा नेपालले यूएई र पीएनजीसँग दुईरदुई खेल खेल्नेछ ।

नेपालको प्लेइङ ११: आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित ,पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, प्रतिस जिसी, कुशल मल्ल, करण केसी र सोमपाल कामी ।