जोर्डनमा भएको छलफलमा शान्ति स्थापनाको सहमति लगत्तै इजरायल र प्यालेस्टाइनबीच पुनः हिंसा भड्किएको छ।
यी अमेरिका र इजिप्टको सहयोगमा यी दुई देशबीच हिंसा कम गर्ने विषयमा समझदारी भएको थियो। तर वेस्ट बैंकमा एक व्यक्तिले इजरायली–अमेरिकी मुलका एक नागरिको गोली प्रहार गरी हत्या गरेका छन्।
त्यसअघि जेरिसको सहर नजिक गुडीरहेको गाडीमा आक्रमण भएको थियो। अहिलेसम्म प्यालेस्टाइनको कुनै संगठनले आक्रमणको जिम्मा लिएको छैन। प्यालेस्टाइनको विद्रोही संगठन हमासले आक्रमणको जिम्मा नलिए पनि आक्रामक जवाफ दिएको छ। यसपछि गएराति वेस्ट बैंकमा रहेका इजरायली नागरिकले प्यालेस्टाइनी गाउँहरुमा आक्रमण गरेको बीबीसीले जनाएको छ।
आक्रमणमा कयौँ घर जलेका छन् भने केही व्यक्ति घाइते भएका छन्। गत हप्ता इजरायली सेनाको आक्रमणमा ११ प्यालेस्टाइनीको मृत्यु भएपछि जोर्डनमा दुई देशका प्रतिनिधिबीच हिंसा कम गर्ने समझदारी बनेको थियो।