फागुन १८, २०७९ बिहिबार

नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ।

इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १०:४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४  मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।