फागुन १९, २०७९ शुक्रबार

काठमाडौँ। क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ

स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ ।