फागुन १९, २०७९ शुक्रबार

१९ फागुन (रासस÷एएफपी)। मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।  तर उहाँले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ । 

 राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताउनु भएको छ । 
भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।  

परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उहाँलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उहाँलाई  तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाई पाउनु भएको छ ।