काठमाण्डौ – ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले पारा एथलिट अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठलाई पारा एथलिट अवार्ड दिएको हो ।
जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पलेशाले दुई वटा फाइट जितेकी थिइन् । पारा ओलम्पिकमा दुई वटा फाइट जित्ने पनि उहाँ पहिलो खेलाडी पनि हुन् ।
यस्तै पलेशाले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजीमुनि क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी थिइन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन् ।