सोनी बर्तौला। अनेकौ राजनीति प्रपञ्चक पछि पनि केपि शर्मा आली नेतृत्वको सरकार ढाल्न नसके पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले अल्मलिएर दिशा हिन भएका छन्। तर सत्यता यो पनि हो कि चाडै हार मान्ने नेतामा पर्दैनन्, नेता प्रचण्ड। अन्तिम समयमा आएर माधव कुमार नेपालले अनपेक्षित रुपमा साथ नदिएका कारण विपक्षि दलको गठबन्धनको पक्षमा बहुमत पुग्न सकेन जसले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने महिनौ देखिको प्रचण्डको प्रयासमा ठेस लाग्यो।
अहिले प्रचण्डको साथमा न पूर्व माओवादीका प्रवाभशाली नेता छन् न त एमालेको माधवकुमारको खेमा। न त उनी सत्ता पक्ष बन्न सके न त बलियो बिपक्षि। राजनीति खेलमा प्रचण्ड केपि शर्मा ओलीसगं आखिर आएर पछारिएका छन्। यसरी आफ्ना र पराइबाट धोका पाउदे प्रचण्ड राजनीति भुमरीमा फसेका छन्।
खासगरी प्रचण्डको इच्छा जसपाको उपेन्द्र यादव, बावुराम भट्टराइ खेमालाई साथ लिएर कांग्रेसको नेतृत्वको गठबन्धन सरकार बनाउने थियो। जसपाको अर्को खेमाले साथ नदिए पनि एकालेको नेपाल पक्षले ओलीसगंको असन्तुष्टि साद्नकै लागि भएपनि राजनीतिमा दिएर बहुमत पुर्याइदिन्छ भन्दै मनमा लड्डु फटाएका प्रचण्डको सारा योजना तब तहसनहस भयो जब ओलीले नेपाल पक्ष माथिको निलम्बन फकुवा गर्दै गठबन्धन सरकार बन्न नदिने रणनीति अपनायो। लगत्तै नेपाल पक्षलाई फकाएका ओलीले गठबन्धन सरकारका पक्षधरहरुलाई हेरेको हेरै पारे।
गठबन्धन सरकार बन्न सकेन र ओली नै अल्पमतको सरकारको नेतृत्वकर्ता बने, जुन प्रचण्डले कति पनि चाहेका थिएनन्। वैकल्पिक सरकार गठनको सम्भावना बलियो बनाउन नसक्दा नै सरकारमाथिको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता गर्ने जोखिम प्रचण्डले उठाएका थिएनन्। आफै विश्वासको मत लिएर वैकल्पिक सरकार गठन गर्न पनि नदिदै वैधानिक रुपले संसद विघटनको बाटोमा लागेका ओलीलाई रोक्न नसक्दा प्रचण्डलाई झन ठुलो झड्का लागेको छ। अब निर्वाचनमा होमिन पर्ने दिन नजिकिएकाले प्रचण्ड विपक्षि मोर्चाको छलफललाई निरन्तरता दिइरहेका छन्।
तरओलीले जसपाका राजेन्द्र महतो, महन्त ठाकुर खेमालाई तथस्ट राख्ने,नेपाल पक्षलाई भड्किन नदिने निति राखेकाले विपक्षि पक्षको निति खेर जान् सम्भावना जिवित छ। पुसमा संसद विघटन यता ओलीविरुद्द माधव नेपाल पक्षसंग मिलेर विद्रोह छेडेका प्रचण्डमाथि नेपालसंगको विछोडले एक्लाएको छ नै। निर्वाचन रोक्ने महिनौदेखिको प्रयास सफल नहुने देखेपछि प्रचण्डको आगामी दिसा के हो भन्ने तत्काल खुल्न सकेको छैन। यद्यपि हाललाई माओवादी केन्द्रले अन्य दल र आफ्नो पाटीमा पहिलो राजनीतिक घटनाक्रम समीक्षा गरिरहेको बुझिएको छ। यसरी तत्काल एमाले मिल्दा जति ओली र माधव नेपाल पक्षलाई फाइदा भएको छ त्यो भन्दा धेरै प्रचण्डको योजनामा ठेस लागेको छ।
गत फागुन २८ गते निणर््ाय गरेका फिर्तासगै एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा लैजानु पर्ने अडानमा रहेका माधव नेपाल पक्ष ओलीसगँ उधारो सहमति गर्दै गठबन्धनको सरकारको पक्षमा नदेखिदा प्रचण्डलाई चोट पुगेको छ। प्रचण्डले प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलाउन हर प्रयास गरिरहेका थिए। पछिल्लो समय नेपाल पक्षले ओलीको निर्देशन नमानी कर्णाली प्रदेशमा दिएको साथले प्रचण्ड झनै हौसिएका थिए। केन्द्र सरकार पनि नेपाल पक्षले प्रचण्डलाई साथ दिइरहे ढल्ने पक्का पक्कीमा थियो। तर प्रचण्डले महिनौदेखि बनाएको बालुवाको घर ओली र नेपाल समुहले भत्काइदिएको छ।
यसरी नै माओवादी केन्द्रका प्रभावशाली नेताहरुलाई आलीको सामुको पद दिदै प्रचण्डलाई एक्लाई दिएका छन्। रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु शाह जस्ता नेताहरुलाई मन्त्रालय जिम्मा लगाउदै नेपका एमालेमा प्रवेश गराएपछि अहिले प्रचण्ड संघीय संसद र पाटी दुवैमा तुलनात्मक रुपमा कमजोर भएका छन्। वाम एकता भङग भएपछि एकताको पक्षधर भन्ने प्रचण्डलाई उनकै पाटीका सांसदले साथ छाड्नु, एमालेका नेपाल पक्षले समेत साथ छोड्नु र ओली सरकार ढाल्न लसक्नु जस्ता अनेक असफलताले राजनीति वृतमा प्रचण्ड कमजोर देखिएका छन्। यद्यपि प्रचण्ड बिकल्पविहिन भने भइसकेका छैनन्। शुक्रवार ठूलो संसदीय दलको हैसियतका रुपमा प्रधानमन्त्रीको सपथ लिएका ओलीले आगामि ३० दिन भित्रमा विश्वासको मत आर्जन गर्नु पर्ने हुन्छ। विश्वासको मत पाउनकालागि ओलीले नेपाल खेमासहित १२१ सांसद जोगाएमा उनलाई थप १५ सांसद आवश्यक पर्छ। जुन अहिले ओली सरकारको पक्षमा देखिएको जसपाको खेमासँग छ। उक्त खेमाको सहयोग ओली लिन सक्नेछन्। विश्वासको मत देखाउन नसके ओली सरकार पुन ढल्ने छ।
त्यसपछि फेरि नयाँ राजनीति सत्ता समीकरण सुरु हुन सक्ने छ। त्यसलाई थप पुष्टि गर्दै एमाले कै नेताहरुले तत्काले मात्र राजीनामा रोकिएको बताएका छल्। जहाँ प्रचण्डले भरपुर खेल खेल्न पाउने छन्। एमालेभित्र ओली र नेपाल नमिलेका खण्डमा नेपाल पक्षले राजीनामा दिने विकल्प यथावत राखेको छ। आगामी ३० दिनभित्र आ्लीले विश्वासको मत लिन नसके उनि पदमुक्त हुनेछन र प्रतिनिधि सभाको कुनै एक सदस्यले बहुमत पर्याउने आधार प्रस्तुत गरे उक्त सांसद प्रधानमन्त्री बन्ने छ।
यो अवस्थामा माधव कुमार नेपाललाई प्रधानमन्त्रीमा सर्मथन गर्नेमा जाल प्रचण्डले फाल्न सक्नेछन्। यसबाट उनको इच्छा अनुसार ओलीको वैरगमन हुने छ भने निर्वाचन पनि टर्नेछ।