फागुन २५, २०७९ बिहिबार

भक्तपुर: नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा आज बिहान बसेको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेको तर्फबाट उम्मेदवार बनेका दुवै नेतामा तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।