फागुन २६, २०७९ शुक्रबार

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी ९पीएनजी० ले यूएईलाई जितका लागि २४७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अविजित ८१, हिरि हिरिले ७७, किप्लीन डोरिगाले ५५ तथा चाद सोपर र नर्मन भानुवाले सामान १०र१० रन बनाए

यूएईका लागि आयान खानले ३, जुनेद सिद्धिकी र जाहोर खानले समान २र२ तथा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १र१ विकेट लिए ।