जेठ २, २०७८ आइतबार

अभिषेक ओझा 

केही मीठा आभाष र सुनेका शब्द मा खोज्दैछु म ; आफ्नो अधुरो कविताका लागी तिमीलाई खोज्दैछु म ।

सूर्यको बिहानीले तिम्रो सम्झना दिने, रातको जुनले निदाउन नदिने ;  एकतर्फी मायाँ हो कि आकर्षण , मेरो कविता कल्पनामै अधुरो रहने ।

सायद तिमीसँग मेरो लागि समय छैन होला ; तर मैले गर्दा बाडुली लाग्न छोडेको छैन होला ।

मनका धेरै चीजको खोजीमा हिँडेको छु म ; आफ्नो कविता पूरा गर्छु भनी तिमीलाई सम्झिरहेछु म ।

मेरो र तिम्रो कल्पना मिलेको भए के हुन्थ्यो होला ; मेरो अधुरो कविता कविता , कथा मा परीणत हुन्थ्यो होला । 

केही मीठा आभाष र सुनेका शब्द मा खोज्दैछु म ; 
आफ्नो अधुरो कविताका लागी तिमीलाई खोज्दैछु म ।