चैत १८, २०७९ शनिबार

ओटावा, १८ चैत: क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ ।

सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।  

उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । 

ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू  रहेको बताइएको छ ।