चैत २२, २०७९ बुधबार

जेरुसेलम, २२ चैत: पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । 

मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ ।