चैत २८, २०७९ मंगलबार

इस्लामावाद २८ चैत, (रासस /सिन्ह्वा): दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।

   प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा  दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा  अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।
 
 हिजो सोमबार सोही शहरमा भएका दुई विष्फोटमा चार जनाको ज्यान गएको र १९ जना घाइते भएपछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो ।