बैशाख ७, २०८० बिहिबार

मस्को, ७ वैशाख, (रासस-सिन्ह्वा) – आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।  रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु(२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको  छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा  विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ । 

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ ।  यो कार्यक्रम ूसमुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्नेू उद्देश्यले अप्रिल१४ मा शुरू गरिएको थियो।