बैशाख १०, २०८० आइतबार

बैतडी, १० वैशाख: मोफसलका  सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको  पहिलो देउडा गीत बजारमा आएको छ ।  विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । 

दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै  सङ्गीत भर्नुभएको छ भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गर्नुभएको छ । निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गर्नुभएको  यास गीतिभिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ । 

विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताउनुभयोे । रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत उहाँले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसक्नुभएको छ।